Logo

४ पालिका गुमाएपछि महोत्तरी माओवादीले चुनावी समीक्षा गदै



महोत्तरी, असार १८ । नेकपा (माओवादी केन्द्र) महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ । १८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समिक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए ।

निर्वाचनको बिषयलाइ लिएर दुइपक्षविच वढदै गएको दुरीलाइ ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो ।

अघिल्लो निर्वाचनमा जितेका पालिकाहरु गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको बिषयमा गहन समीक्षा अगाडि वढाउने संयोजक ढुंगनाले जानकारी दिए ।

१८ असारमा बर्दिबासको माइस्थान स्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समीक्षा हुनेछ। बर्दिबासको बिषयलाइ लिएर पनि नेताहरुविच अनेकौ टिकाटिप्णी वनिरहेका छन ।

राजु खडका पक्षले निर्वाचनमा पराजयको कारक गिरिराजमणि पोखरेल समुहलाइ दिएको छ भने पोखरेल समुहले त्यस्लाइ अस्विकार गर्दै आएको छ । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्