Logo

पन्तको शानदार सतकमा भारतको पुनरागमन



काठमाडौं, असार १८ । विकेटकिपर ब्याट्सम्यान ऋषव पन्तले विस्फोटक ब्याटिङ गर्दै शानदार सतक प्रहार गरेपछि भारतले शुक्रबारबाट शुरु इंग्ल्याण्डविरुद्धको पाँचौ टेस्टमा पुनारागमान गरेको छ ।

एकसमय खराब स्थितिमा रहेको भारतले पहिलो दिनको समाप्तिमा ७३ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३८ रन जोडेको छ ।

बिर्मिन्घाममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले खेलमा राम्रो शुरुवात गर्न नसकेपनि मध्यक्रममा ब्याट्सम्यान ऋषव पन्त र रविन्द्र जडेजाले उत्कृष्ट साझेदारी गर्दै भारतको इनिंस उकासेका हुन् ।

एक समय ९८-५ को स्थितिमा रहेको भारतलाई पन्त र जडेजाले छैटौं विकेटको लागि २ सय २२ रनको साझेदारी गर्दै भारतलाई सम्मानजनक स्कोरमा पुर्याएका हुन् । भारतीय ब्याट्सम्यानले छैटौं विकेटको लागि गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्