Logo

एशिएन पेटेन्ट एटोर्निज एसोसियशनको पाँचौ साधारण सभा सम्पन्न



काठमाडौं, असार १८ । नेपालमा औद्योगित तथा बौद्विक सम्पत्ती कानुनको क्षेत्रमा कार्यरत व्यवसायीहरुको संगठन एशिएन पेटेन्ट एटोर्निज एसोसियशन नेपालको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष रामचन्द्र सुवेदीको अध्यक्षतामा राजधानीमा सम्पन्न सभाबाट अधिव्यक्ता सरोज दाहालको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

निर्वाचिन हुनेहरुमा उपाध्यक्ष अधिवक्ता राधाकृष्ण पाठक, महासचिवमा अधिवक्ता सत्यनारायण पक्का, सचिवमा अधिवक्ता दामोदर लिम्सिना, कोषाध्यक्षमा अधिवक्ता रञ्जु बस्नेत तथा सद्श्यहरुमा अधिवक्ताहरु सनद सत्याल, जयलाल भण्डारी, भगवान पोखरेल र सन्तोस तिवारी रहेका संस्थाका संस्थापक अध्यक्ष तथा निर्वाचन समिति संयोजक अघिवक्ता जनक भण्डारीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्