Logo

आजपनि बाबुराम भट्टराई जसपामा प्रोटोकलको हिसाबले एक नम्बरको नेता हो : गंगा श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, १८ असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता गंगानारायण श्रेष्ठले पार्टी विभाजन नै नभएको स्पष्ट पारेका छन् । उनले आजको मितिसम्म जसपा एक रहेको सुनाए । तर, पार्टीभित्र समस्या धेरै नै रहेको उनको भनाई छ। उनले बाबुराम भट्टराई र उपेन्द्र यादवबीच सौहार्दपूर्ण तवरले अलग हुने समझदारी भएको भनेर बाहिर भएको चर्चा पनि सत्य नभएको जिकिर गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु पार्टीको समस्या समाधानको लागि गम्भीर रहेको सुनाए । उनले जसपा पुगेर बाबुराम भट्टराई असफल भएको भन्नु गलत हुने टिप्पणी गरे । उनले बाबुराम अहिलेपनि जसपामा एक नम्बरको नेता भएको जिकिर गरे ।

उनले जसपालाई आफूहरुले राष्ट्रिय चरित्रको बाटो बनाउनेगरि प्रयत्न गरेको भएपनि त्यसअनुसार पार्टी नचलेको गुनासो पोखे । उनले अहिले बाबुराम कुनै पार्टीमा संलग्न हुने सम्भावना कम रहेको सुनाए । तर, भट्टराईले नेपालमा समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारेकोले एमाले र माओवादीभित्र उक्त प्रस्तावबारे छलफल भैरहेको सुनाए । उनले भने,‘राजनीतिमा अन्तिम बिकल्प भन्ने केही पनि हुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्