Logo

श्रीधर अधिकारी र पुजा देवकोटाको आवाज रहेको ‘बम्बैई रेलैमा’ बजारमा (भिडियोसहित)



काठमाडौं, असार १८ । डा बिष्णु मुर्ती भट्टराईको रचना, श्रीधर अधिकारीको संगीत र श्रीधर अधिकारी र पुजा देवकोटाको आवाजमा सजिएको गित ‘बम्बैई रेलैमा’ बजारमा आएको छ। सार्वजनिक गितमा अभिनेत्री जुनु एस डी र अर्जुन ढकालको अभिनय गितमा देख्न पाईन्छ। पेसाले भारतिय आर्मीमा आबद्ध अर्जुन ढकालको नेपाली गीत सङित प्रति विशेष माया र अभिनयमा विशेष रुचि रहदै आएको छ।

गीतका निर्देशक दीपक श्रेष्ठ रहेका छन्भने ,गितको छायांकन दिपान्सु श्रेष्ठले गरेका छन् । भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका छन। बुटवलको रमणीय क्षेत्र र बेलबास क्षेत्रमा छायांकन गरिको यस गितले हरेक नेपालीको मन छुने अपेक्षा गरिएको छ ।

पेशाले चिकित्सक डा बिष्णु मुर्ती भट्टराईको बिशेष रुचि आधुनिक गीत लेखनमा भएपनि पछिल्लो समयमा आफ्नो कलम सबै खाले गीत लेखनमा चलाइरहेका छन।



प्रतिक्रिया दिनुहोस्