Logo

एमाले र माओवादी केन्द्रबीच एकताको के छ सम्भावना, यसो भन्छन् नेताहरु (भिडिओसहित)



काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता रमेश बडालले एमाले र माओवादी केन्द्रबीच आगामी निर्वाचनमा तालमेल हुने सम्भावना कम रहेको बताएका छन् । तर, एमालेले सहकार्यको लागि ढोका बन्द नगरेको उनको भनाई छ। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तत्काल एकता वा सहकार्यको सम्भावना भने नरहेको जिकिर गरे ।

उता, माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले अहिले पाँच दलीय गठबन्धन कायमै रहेकोले र आगामी निर्वाचनसम्म यो गठबन्धन जाने बताएका छन् । उनले गठबन्धन निश्चित् उद्देश्यको लागि गठन भएको पनि जिकिर गरे । उनले आफूहरु कम्युनिष्टहरुबीचको एकताको लागि खुल्ला रहेको सुनाए । उनले अहिलपनि सबै वाम एक ठाम अनिवार्य रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्