Logo

देउवालाई सञ्जय गौतमको चेतावनी : हाम्रो शालिनतालाई कमजोरीको रूपमा नहेर्नुहोस (भिडिओसहित)



काठमाडौं, १८ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जय गौतमले पार्टीलाई विवेकसम्मत रुपमा चलाउनुपर्ने भन्ने नै आफूहरुको माग रहेको बताएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुसँग कुनै सल्लाह नै नगरेको गुनासो पोखे । उनले भने,‘हामीले फुट्ने कुरा गरेका छैनौं । पार्टी सभापतिले पेल्नुभयो भने हामी कार्यकर्ताहरुको बीचमा जान्छौं ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुको अभियान नै पार्टी बलियो बनाउन भएकोले नफुट्ने दाबी गरे । उनले भने,‘कांग्रेसलाई जसरी हुन्छ, मजबुद बनाउने नै हाम्रो चाहना हो । हाम्रो प्रत्येक क्रियाकलापले कांग्रेसलाई बलियो बनाउँछ ।’ सभापति देउवाले आफ्नो समूहलाई पेलेको र किनारा लगाउने काम गरेको कुरा व्यवहारमा नै देखिएको उनको गुनासो छ ।

उनले आफूहरुलाई उपेक्षा गरिए ठीक नहुने चेतावनी दिए । उनले आफूहरुले कुनैपनि पल सभापति देउवालाई असहयोग नगरेको जिकिर गरे । उनले आफूहरुको मौनता र शालिनतालाई पार्टी नेतृत्वले कमजोरी ठानेको भन्दै अब आफूहरु सक्रिय बन्ने सुनाए । आफूहरुले पार्टीमा भागबण्डा नखोजेको गौतमको भनाई छ । उनले १४औं महाधिवेशनमा शेखर कोइराला समूहले ४१ प्रतिशत प्राप्त गरेको भन्दै यो समूलाई पार्टीमा स्पेस नदिनु दुःखद् भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्