Logo

स्वतन्त्र उम्मेदवारहरुको भेलामा दिनेश सुवेदीले उठाए प्रदेश खारेजी देखि समानुपातिक निर्वाचन प्रणाली खारेजीसम्मको एजेन्डा



काठमाडौं, १८ असार । स्वतन्त्र उम्मेदवारहरुको भेलामा स्वतन्त्र राष्ट्रिय नागरिक सञ्जालले प्रदेशको देखि समानुपातिक निर्वाचन प्रणालीको खारेजीको प्रस्ताव गरेका छन् । सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली खारेजी अनिवार्य भइसकेको बताए ।

सुवेदीले भने,‘समानुपातिक निर्वाचन प्रणालीका नाममा करोडौंको मोलमोलाई गरी सांसद बन्ने खतरनाक अभ्यास हुन थालेको छ ।’ उनले प्रदेशको औचित्य समाप्त भइसकेको तर्क गरे ।

सुवेदीले पहिलो हुने प्रत्यक्ष निर्वाचन प्रणाली मात्र अभ्यास गरिनुपर्नेमा जोड दिए । उनले प्रत्यक्ष प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति चयन हुनुपर्ने प्रस्ताव पनि गरे ।

स्थानीय निकायको निर्वाचमा दलीय नभई स्वतन्त्र रुपमा भाग लिने परिपाठी अपनाउनुपर्ने बताए । स्थानीय चुनाव दलीय भन्दा स्थानीय परिस्थिति बुझेको उम्मेदवार हुनुपर्ने उनको तर्क थियो ।

दलको सिन्डिकेट र निरंकुशता राज्य सञ्चालनको सबै निकायमा हावी भएको सुवेदीको भनाई थियो । न्यायालयमा पनि दलीय भागवण्डा र दलको कार्यकर्तालाई स्थान दिने परिपाठीले जनतामा आक्रोश बढ्दै गएको बताए ।



प्रतिक्रिया दिनुहोस्