Logo

विमलालाई चोख्याउने चाल, ६ लाख २० हजार लेनदेनको विवाद देखाइयो



काठमाडौं, १८ असार । लुम्बिनी प्रदेशकी महिला राज्यमन्त्री विमला वली खत्रीलाई चोख्याउने गरी छानविन समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा रकम लेनदेनले विवाद भएको उल्लेख छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाइएको प्रतिवेदनमा एकराज बस्नेत र राज्यमन्त्री वलीबीच रकम लेनदेनको विवाद हुँदा घरमै जानुलाई गल्ती भनिएको छ । राज्यमन्त्री जस्तो व्यक्तिले रकम लेनदेनमा अन्य निकायमा जानसक्ने हुँदाहुँदै घरमै जानुलाई गल्ती उल्लेख गरेको छ ।

एकराज बस्नेतले ६ लाख २० हजार राज्यमन्त्री वलीलाई दिनुपर्नेमा नदिएकोले विवाद भएको बताइएको छ । वलीमाथि एकराजको पत्नी र छोरीलाई कुटपिट गरेको आरोप छ ।

छानविन समितिको संयोजक लुम्बिनी प्रदेशका आन्तरिक मामला मन्त्री तिलकराम शर्मा र सदस्य महिला बालबालिकामन्त्री रमा घर्तीले प्रतिवेदन बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस्