Logo

भारतीय राजदूत श्रीवास्तवले भेटे माधव नेपाल



काठमाडौं, १८ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्टपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसपछि उनको दोस्रो भेट माधव नेपालसँग गरेका हुन् ।

राजदूत श्रीवास्तवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष नेपालले फेशबुकमा लेखेका छन्-

नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज वेलुकी शिष्टाचार भेटका निम्ति नीजि निवास कोटेश्वरमा आउनुभयो । उहॅालाई नेपालमा स्वागत गर्दै उहॅाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत-सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो । २०७९ असार १८ गते शनिवार “



प्रतिक्रिया दिनुहोस्