Logo

धमलाको हमलामार्फत पूजा र आकाशले गरे विवाह गर्ने घोषणा (भिडिओसहित)



काठमाडौं, १९ असार । चर्चित नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले परिस्थितिले विवाह गर्ने ठाउँमा पुर्याए आफूहरु वैवाहिक जीवनमा बाँधिन पनि तयार रहेको खुलासा गरेका छन् । नायिक पूजाले त आकाश राम्रो मान्छे भएकोले विवाह गर्न तयार रहेको बताईन् । उनीहरुले आजबाट आफूहरुबीचको प्रेम पूनः झाँगिएको पनि बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले आफूहरुबीचको प्रेम निरन्तर अघि बढ्ने र कुनै दरार नआउने पनि विश्वास दिलाए । आकाशले आफू र पूजाबीच कहिल्यैपनि झगडा नभएको जिकिर गरे । नायिका पूजाले आफूले आकाशलाई रामकहानी चलचित्रबाट चिनजान भएको सुनाईन् ।

उनले आफूले अहिलेसम्म आकाश नै आफ्नो प्रेमी रहेको सुनाईन । उता, आकाशले पनि पूजालाई नै आफ्नो प्रेमिकाको रुपमा चित्रण गरे । आकाश र पूजा दुवैले आफूहरुबीच कहिल्यैपनि पानी बाराबारको सम्बन्ध नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्