Logo

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग अब नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने



काठमाडौं, १९ असार । एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank)एप, Website, iServe तथाInternet Banking  नेपालकै ठूलो मोबाइल सेवा प्रदायक कम्पनी NTC नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

यस सुविधा मार्फत यस बैंकका ग्राहकहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी NIC ASIA MoBank एप, iServe, Website तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

साथै बैंकले यसअघि NCELL को नेटवर्कमा पनि NIC ASIA MoBank एप, iServe, Website तथा Internet Banking जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ । अब NTC / NCELL को निःशुल्क डाटा सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरूले विभिन्न सेवाहरू उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ।

1.  एपः अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, त्तच् भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा एचयनचभकक त्चबअपष्लन आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नुहुनेछ । साथै, NIC ASIA MoBank मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयरमा आवेदन दिन सकिनेछ ।

NIC ASIA MoBank प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा को प्रयोग गर्न सक्नुहुनेछ र एपमा रहेको ;Customer CareÚ ’ बाट ग्राहक महानुभावहरूले आफ्ना समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नुहुनेछ ।

2. iServe यस जततउकस्ररष्कभचखभ।लष्अबकष्बदबलप।अयmरजयmभ मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र क्तयउ ऋजभत्रगभ एबथmभलत), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, म्भदष्त ऋबचम च्भउबिअझभलत आवेदन र क्ष्लकतब द्यगथ) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्नुहुनेछ ।

3. Website बैंकको वेबसाइट www.nicasiabank.com बाट ग्राहक महानुभावहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नुहुनेछ । जसमा अनलाइन खाता आवेदन, अनलाइन IPO, Loan Benefit Calculator, EMI Calculator लगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचना लगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।

4. Internet Banking यसमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

बृहत भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरू मार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङ्गको नाता स्थापित गर्न सफल यस बैंकले ग्राहक महानुभावहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहक महानुभावहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क NIC ASIA MoBank, iServe, Website तथा Internet Banking प्रयोग सुविधा NTC / Ncell का ग्राहकहरूलाई उपलब्ध हुनेछ । साथै, यी उल्लेखित बाहेकका अन्य सेवाहरु लिदा वा डिभाइसको ब्याकग्राउण्डमा चल्न सक्ने अन्य एपहरुको हकमा दुरसञ्चार सेवा प्रदायक कम्पनीको नियमानुसार शुल्क लाग्नेछ ।

बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले क्भाि ज्भउि बैंकिङ्गको अभ्यासलाई ष्क्भचखभ मार्फत अघि बढाईरहेको छ । साथै, बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले ष्क्भचखभ प्लाटफर्मको विकास गरी ल्क्ष्ऋ ब्क्क्ष्ब् ःयद्यबलप तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।



प्रतिक्रिया दिनुहोस्