Logo

को सँग विवाह गर्दैछिन् पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ



काठमाडौं, १९ असार ।  पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाधिने भएकी छिन् । २०१० की मिस नेपाल श्रेष्ठले आगामी मंगलबार प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् ।

उनले नेवारी परम्पराअनुसार विवाह गर्ने जनाइएको छ । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुको विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र बोलाइने बताइएको छ।

 



प्रतिक्रिया दिनुहोस्