Logo

देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक



काठमाडौँ,१९ असार । यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो ।

गीतका परिकल्पनाकार आफँै रहनुभएका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोरेका छन् । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट र गौरी भट्टले आवाज दिएका छन् ।

उक्त गीतको भिडियोलाई सङ्गीत विकल्पले निर्देशन गरेको हो भने अमन बडूले छायाङ्कन गरेका छन् । मनोज डङ्गोलले रेकर्ड तथा मिक्सिङ गरेको छ । गीतमा सर्जक विष्ट, आशा शाही, भुवन बडू र टेक ऐरले अभिनय गरेका छन् ।

‘घर छैन आँसुको’, ‘सुदूरपश्चिम स्वर्गसरी’, ‘जन्म्याभूमि फर्केर आइग्यु दोगडाकेदार’, ‘न्याउली’ जस्ता दजनौँ गीतको सिर्जना गरिसकेका विष्टले यो गीत पनि फरकपनका साथ तयार पारिएको बताएका छन् । पछिल्लो समय टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सम्बन्धमा आउने उतार चढाव, मिलन, विछोडलाई गीतमार्फत प्रस्ततु गरिएको सर्जक विष्टको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot