Logo

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी क्लिनिकमा विशेष छुट



काठमाडौं, १९ असार । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रा.लिसँग सम्झौता गरेको छ । इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबिच सेवा प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र  Galaxy Specialty Clinic का प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई Galaxy Specialty Clinic महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः X-ray, USG, ECG, ECHO लगायतका सेवाहरुमा १०% सम्म र इएम् सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले Galaxy Specialty Clinic सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

 



प्रतिक्रिया दिनुहोस्