Logo

काठमाडौंको केएमसी स्कुल तनावग्रस्त, मृत्तकका आफन्त तोडफोडमा उत्रिए



काठमाडौं, १९ असार । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडेल स्कुल (केएमसी) स्कुलमा अहिले तनाव उत्पन्न भएको छ । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर आफन्तहरु तोडफोडमा उत्रिएका हुन् ।

प्रदर्शन कारीको ढुंगाले लागेर स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ। स्थिथिलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको छ। स्कुलमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

स्कुलको होस्टलमा क्यान्टिन सहयोगीको रुपमा काम गर्दै आएकी २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा फेला परेकी छिन् । विगत ५ वर्षदेखि सोही स्कुलमा काम गर्दै आएकी रमा शनिबार ग्राउण्ड फ्लोरमा रहेको होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

काभ्रे जिल्ला तेमाल गाउँपालिका ७ मेच्छे स्थायी घर भएकी रायमाझी विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म क्यान्टिनमा काम गर्दै आएकी थिइन् । उनी शनिबार बेलुका ७ः३० बजेसम्म कोठामा नपुगेपछि आफ्न्तले खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
रमाका बुवाआमा काभ्रेबाट आएर विद्यालय बाहिर रुवाबासी गरिरहेका छन् ।

आफन्तले मिडियालाई पनि भित्र पसाउनुपर्ने र अनुसन्धान निष्पक्ष बनाउन पर्ने, शवको अवस्था हेर्न पाउनुपर्ने भन्दै बाहिर विरोध गरीरहेका छन् । यतिबेला विद्यालय, प्रशासन र मृतकका परिवारबीच वार्ताको तयारी भइरहको जनाईएको छ।

 



प्रतिक्रिया दिनुहोस्