Logo

एमाले केन्द्रीय सचिवालय बैठक सुरु



काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय, च्यासलमा शुरु भएको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार कामको व्यवस्थापन, बैचारिक(राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायतका सातवटा कार्यसूचीमा छलफल र निर्णय हुने केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्