Logo

‘महंगीले सतायो’, ‘राहदानीले रुवायो’ भन्दै युवा संघको प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भातृ संगठन युवा संघले आइतबार राहदानी विभाग अगाडी विरोध प्रदर्शन गरेको छ।

युवा संघका नेता/कार्यकताहरुले राहदानी वितरणमा ढिलासुस्ती र सेवाग्राहीले ब्यहोर्नुपरेको चरम सास्तीविरुद्ध जुलुससहित त्रिपुरेश्वरस्थित विभागको गेट अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा सहभागीहरु ‘महंगीले सतायो’, ‘राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार, के गर्दैछ सरकार’, ‘जनतालाई अति भो’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।  राहदानी वितरणमा ढिलासुस्ती र सेवाग्राहीले ब्यहोर्नुपरेको चरम सास्तीको बारेमा  युवासंघले आज विभागका महानिर्देशकलाई समेत ध्यानाकर्षण पत्र बुझाएका छन् ।  Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्