Logo

महानगरले ठेला समातेको मकै व्यापारी दम्पत्तिलाई कांग्रेस नेता बस्नेतको आर्थिक सहयोग



काठमाडौं, १९ असार । काठमाडौंको बालुवाटारस्थित फुटपाथमा मकै बिक्रि गर्दै गर्दा महानगरले ठेला उठाएपछि समस्यामा परेका दम्पत्तिलाई कांग्रेस नेता मोहनबहादुर बस्नेतले आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक मेलम्चीका चेतेन्द्र आचार्यको दम्पत्तिलाई आइतबार बस्नेतसहित दुई जनाले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आचार्य दम्पत्तिको काठमाडौं  महानगरका प्रहरीले ठेला खोसेपछि घर भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको खबर विभिन्न मिडियामा छाएका थिए । उनीहरुको समस्याबारे जानकारी पाएलगत्ते सहयोग गरेको बस्नेतले बताएका छन् ।

साथै, आचार्य दम्पत्तिलाई नेता बस्नेतले सवारी साधन आवातजावत र सर्वसाधारणको आवतजावतमा समस्या नहुने गरी व्यवसाय गर्न समेत सल्लाह दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्