Logo

विनोद शाही हत्या प्रकरण : पञ्चदेवलकी मेयर चलाउनेसहित ७ जना पक्राउ



काठमाडौं, १९ असार । अछाममा मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा विनोद शाहीको हत्यामा सम्लग्न भएको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका मेयरसहित ७ जना पक्राउ परेका छन् ।

मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेत्र शाही पनि पक्राउ परेका छन् ।

विनोदका परिवारले पञ्चदेवल विनायक नगरपालिकाको मेयर चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पुर्ववडाध्यक्ष सज्जनबहादुर शाही लगायत १३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

घटना अनुसन्धान गर्न प्रहरीको टोली पुगेसँगै शव पोस्टमार्टम गर्न सहमति भएको थियो । बेपत्ता भएको ५ दिनपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको जंगलमा १६ वर्षीय शाही मृत अवस्थामा भेटिएका थिए ।

मृतक विनोदको मोवाइल बाटोमा भेटिएको थियो भने उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । कक्षा १० मा अध्ययनरत शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए ।

नगरप्रमुख चलाउने नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशको सह–महामन्त्री हुन् ।



प्रतिक्रिया दिनुहोस्