Logo

नेप्सेमा आज उच्च अंकको बृद्धि, साढे २ अर्बको कारोबार



काठमाडौं, १९ असार । धेरै दिनपछि आज शेयर बजारमा हरियाली छाएको छ। साताको कारोबारको पहिलो दिन शेयर बजारमा आज उच्च अंकको वृद्धि भएको छ ।

आइतबार नेप्से परिसुचक ५७ दशमलव ६५ अंकले बढेर २०८६ दशमलव ४२ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव २१ अंकले बढेर ३९८ दशमलव ८२ विन्दुमा पुगेको हो ।

आज २३१ कम्पनीको २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँ बराबरको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ । आइतबार सबै नेप्से परिसुचक बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्