Logo

छुट्टीबाट फर्किएका करणलाई बच्चाहरूले गरे स्वागत



एजेन्सी, १९ असार । फिल्म निर्माता करण जोहर भर्खरै मुम्बई एयरपोर्टमा बच्चाहरूसँग देखिएका छन् । मुम्बई एयरपोर्टमा करण निकै कूल स्टाइलमा देखिए । उनी सधै प्रश्न सोध्नेहरुको जवाफ दिने गर्छन् ।

भिडियोमा देख्न सकिन्छ कि करणले पार्किङ क्षेत्रमा पुग्नेबित्तिकै छोरा यश र छोरी रुहीलाई पापाराजीलाई अभिवादन गर्न भन्छन् । उनीहरुले पनि दुई हात जोडेर, पापाराजीलाई नमस्कार गर्छन् ।

यो भिडियो हेरेपछि फ्यानहरूले करणका बच्चाहरूको संस्कृतिको तारिफ गरिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्