Logo

देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं, १९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सभापति देउवाले यही असार २१ गते (मंगलबार) दिउँसो १ बजेको लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

एक नेताकाअनुसार केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न पदाधिकारी बैठक बोलाईएको हो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक यही असार २७ गते दिउँसो १ बजेको लागि बोलाईएको छ ।



प्रतिक्रिया दिनुहोस्