Logo

स्थानीय तहको निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न एमालेले बनायो समिति



काठमाडौं, १९ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय चुनावमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुँदापनि सोचेजस्तो नतिजा नआएको निश्कर्ष निकाल्दै पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि समिति गठन गरेको छ ।

उक्त समितिको संयोजक भने उपाध्यक्ष विष्णु पौडेललाई बनाईएको प्रवक्ता पृब्थीसुब्बा गुरुङले जानकारी दिए । उनले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको जनाए ।

उनले भने,‘चौतर्फी घेराबन्दीको बावजुद पनि हामी पहिलो शक्तिको रुपमा उदायौं, तर आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा आएन । अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए । त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्