Logo

फाइदा पुग्ने दलसँग गठबन्धन गर्ने लोसपाको निर्णय



काठमाडौं, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टीले आगामी चुनावमा जुन दलसँग गठबन्धन गर्दा पार्टीलाई फाइदा पुग्छ उहीसँग गर्ने निर्णय गरेको छ । दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट गठबन्धनको प्रस्ताव आएको भन्दै लोसपाले जोसँग गर्दा फाइदा हुन्छ उहीसँग गठबन्धन गर्ने आइतबार सम्पन्न लोसपाको कार्यकारिणी समिति बैठकले निर्णय गरेको हो ।

त्यस्तै बैठकले यसै साता केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको छ । लोसपाले मत अभावका विषयमा सरकारो ध्यानाकर्षणका लागि प्रमुख जिल्ला अधिकारीहरुमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्