Logo

जसपाबाट मन्त्री बन्न लागेका यी हुन नयाँ अनुहार



काठमाडौं, असार २० । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन जना पुराना मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।

जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ अनुसार सरकारमा पठाउन लागेको हो ।

सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीमा रहेका राजेन्द्र श्रेष्ठलाई थमौतीमा राख्दै जसपाले नयाँ मन्त्रीहरुमा भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादवलाई जिम्मेवारी दिन लागेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आइतबार साँझै नयाँ मन्त्रीहरूको नाम दिईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot