Logo

झुटो कुरा बोलेको भनेपछि कार्यक्रममै मन्त्री श्रेष्ठसँग ऋषि धमलाको चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २० असार । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले आफूहरु पाँच दलीय गठबन्धन भत्काउन नलागेको स्पष्ट पारेका छन् । उनले पाँच दलीय गठबन्धन भताभुंग पार्नेहरुको सपना पूरा नहुने बताएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले त असार १७ गते नै गठबन्धन र सरकार ढल्ने भनेर भविष्यवााणी गरेको भएपनि यो ओलीको गफमा सिमित भएको सुनाए । मन्त्री श्रेष्ठले गठबन्धनभित्र पनि समस्या रहेको सुनाए । तर, यसलाई आपसी छलफल र सहमतिबाट नै हल गरिने उनको विश्वास छ ।

उनले आफूले पार्टी र सरकार दुवै मोर्चामा इमानदारिताका साथ काम गरेको दाबी गरेका छन् । मन्त्रीहरु कमाउने धन्दामा लागेका छन् नि भन्ने धमलाको प्रश्नमा उनले यसमा सत्यता नभएको स्पष्टीकरण दिए । उनले भने,‘यो बिना तथ्यको कुरा हो, मनपरी कुरा गर्ने काम हो, ल राजेन्द्र श्रेष्ठको बारेमा त्यस्तो कुनै आधार छ भनेर देखाउनुहोस ।’

जसपाकै सांसद रामबाबु यादवले आफूमाथि हातपात गरेको भन्ने कुरा पनि झुटो रहेको उनको भनाई छ । उनले भने,‘ऋषि धमलाले झुटो कुरा गर्ने ? तपाईँले अहिले रामबाबु यादवको क्लिप देखाउनुहोस त । त्यस्तो झुटो कुरा नगर्नुहोस क्या, रामबाबुले होईन तपाईँले झुटो बोल्नुभएको हो ।’



प्रतिक्रिया दिनुहोस्