मोरङमा युवती मृत अवस्थामा फेला


काठमाडौं, २० असार । मोरङमा एक युवतीको शव फेला परेको छ ।

रतुवामाई–२ डोरियामा पानी जमेको खाल्डोभित्र आज बिहान युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

करिब २५ वर्षीया युवतीको शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।