Logo

अनेरास्ववियु (क्रान्तिकारी) भित्र भाँडभैलोको बास्तविकता यस्तो छ, रावल र कार्कीबीच कार्यक्रममा घम्साघम्सी (भिडिओसहित)



काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को विवादको बारेमा नेताहरुले मुख खोलेका छन् । पवन कार्कीले आफ्नो नेतृत्वमो विधिवत रुपमा अनेरास्ववियू क्रान्तिकारी गठन गरेको सुनाए । उनले आफुहरुले गठन गरेको कमिटी नै वैधानिक रहेको सुनाए ।

तर, अखिल क्रान्तिकारीका नेता केशब रावलले भने पवन कार्कीलाई संगठनले कारबाही गरेको सुनाए । रावलले भने कार्कीले विधान नै नपढेको आरोप लगाए । तर, कार्कीले भने विधान सम्मेलनमार्फत नै विधान बनाईएकोले केन्द्रीय कमिटीलाई पनि विधान संशोधन गर्ने अधिकार नभएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्