Logo

प्रशिक्षकको कुटाइबाट बालक बेहोस, लाठ्ठी पनि भाँचियो



एजेन्सी, २० असार । पटनामा ५ वर्षीय विद्यार्थीलाई शिक्षकले निर्मम कुटपिट गरेका छन् । यसको भिडियो सार्वजनिक भएको छ ।

कोचिङ क्लासमा नपढेको भन्दै शिक्षकले पहिले बालकलाई लाठी प्रहार गरेका थिए । पिट्दा लठ्ठी भाँचियो, बालक पल्टिएपनि र शिक्षले अर्को तर्फबाट प्रहार गरे ।  त्यसपछि लात र मुक्का समेत प्रहार गरे ।

कुटपिट गर्दा बालक भुइँमा लडे, तर शिक्षकको रिस थामिएन । शिक्षकले उनलाई लात, मुक्का र थप्पडले लगातार कुटीरहे । यसबीचमा बच्चाले चिच्याइरह्यो र छोड्न आग्रह गरिरहे। तर शिक्षक मानेनन्, उनले यति प्रहार गरे कि बच्चा बेहोस भयो ।

यो घटना बिहारको राजधानी पटनाको धनरुआको वीर ओरियाराको जय क्लास कोचिङ इन्स्टिच्युटको हो । जहाँ निर्दोषमाथि निर्मम कुटपिट भएको छ । अहिले बालकको उपचार भइरहेको छ ।

बालक बेहोस भएको जानकारी पाएलगत्तै आक्रोशित गाउँलेहरुले प्रशिक्षक छोटुलाई कुटपिट गरेका थिए । भिडियो हेरेपछि उक्त कोचिङमा अध्ययनरत सम्पूर्ण इलाकाका बालबालिका तथा अभिभावक आतंकित बनेका छन् । धानरुवाको वीर ओरियारामा रहेको जय पब्लिक स्कुलमा जया क्लास अन्तर्गतका बालबालिकालाई ट्युसन दिएर नवोदय, नेतरहट र सैनिक विद्यालयमा भर्ना गर्ने तयारी भइरहेको बुझिएको छ ।

शिक्षकलाई उच्च रक्तचापको समस्या रहेको बताइएको छ । उच्च रक्तचापका कारण उनीहरुले बच्चालाई निर्ममतापूर्वक कुटपिट गरेका थिए ।

यस सम्बन्धमा धानरुवा प्रहरी चौकी इन्चार्जले भिडियो भाइरल भएको जानकारी पाएको बताए । अनुसन्धानका क्रममा उक्त भिडियो शनिबारको हो भन्ने प्रष्ट भएको छ । जहाँ कोचिङमा बालकमाथि कुटपिट भएको छ । हाल शिक्षक कोचिङ छोडेर फरार भएको स्टेशन इन्चार्जले बताए ।



प्रतिक्रिया दिनुहोस्