Logo

एनआईबिएल एस क्यापिटलको ७९ दिने आकर्षक योजना समाप्त



काठमाडौं, २० असार । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा ल्याएको आकर्षक योजनाहरु आजदेखि समाप्त भएको छ ।
कम्पनीले गत बैशाख १ गते देखि असार १७ गते सम्म ७९ दिनको लागि लागु गरिएको योजना सोमबारदेखि समाप्त भएको हो ।

क्यापिटलले ग्राहकहरुले देखाएको उत्साहजनक सहभागीतालाई मध्यनजर गर्दै
रु २००० मा आजीवन डिम्याट र मेरोशेयर नविकरण गर्ने योजनाको भने म्याद २०७९ साल असार ३२ गते सम्मलाई थप गरेको छ ।

नयाँ तथा पुराना ग्राहकहरु दुबैलाई लागु हुने यस योजनामा सहभागी भई डिम्याट र मेरोशेयर नविकरणको झन्झटबाट आजीवन मुतm हुने एनआईबिएल एस क्यापिटल लिमिटेडको भनाई रहेको छ ।



प्रतिक्रिया दिनुहोस्