Logo

आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्योः करिश्मा मानन्धर



काठमाडौं, २० असार । अभिनेत्री करिश्मा मानन्धरले सबैले आफ्नो क्षमता अनुसार काम गरी खान पाउनुपर्ने बताएकी छिन् । शनिबार काठमाडौं महानगरपालिकाका प्रहरीले बालुवाटारको फुटपाथमा मकै बेच्दै आएका आचार्य दम्पत्तिको ठेला उठाएको विषयमा मानन्धरले आज क्षणिक भावनामा बगेर दिएको केही रकमले कसैको उद्दार नहुने बताएकी हन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै एमालेकी नेत्री समेत रहेकी करिश्माले समस्याको दुरगामी समाधान खोज्नुपर्नेमा जोड दिएकी हुन् ।
आइतबार नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आचार्य दम्पत्तिलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

‘यदी ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने ! यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ । ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।’ करिश्माले लेखेकी छिन्,‘तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन ’

हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नुपर्ने उनको भनाई छ । यो काठमाडौको मात्रै समस्या नभइ भविष्यमा हरेक महानगरको समस्या यस्तो हुन पनि उनले बताएकी छिन्।

म पनि काठमाडौ रैथाने बासी हु !
नबुझेको कुरा लेख्दै छु !!
महानगर सफा हुनुपर्छ; सहि हो ।
हामीले आफ्ना करोडौं पर्ने जग्गा÷घर भत्काउन दिएर बाटो फराकिलो बनाउन सहयोग गर्याैँ सहि हो ।
बाटोमा हिँड्ने ठाउँ ओगटेर पसल राख्नु हुदैन त्यो पनि सहि कुरो हो ।
गाउँ छोडेर हाम्रा शहरमा गरिखान किन आउँछन् मानिसहरु? त्यसमा प्रश्न छ ।
गाउँमा स्वास्थ छैन , शिक्षा छैन , बाटो छैन , सिँचाइ छैन,
दैवी प्रकोपमा परेकाहरुको लागि गाँस , बास , कपास छैन । उनीहरुले समयमा क्षतिपूर्ति पाउँदैनन् । त्यो समयसम्म उनीहरुका केटाकेटीले नपढ्ने?
क्षणिक भावनामा बगेर मायाले
दुई दिन केही रकम दिएर तिनको उद्दार हुँदैन !! समस्याको दुरगामी समाधान कस्ले गर्ने?
ऊ आफैँले?
हो ऊ आफैले गर्नुपर्ने अवस्था छ ।
तेसैले उसले काम गर्नुपर्छ ।
यदी ऊ यो देशको नागरिक हो भने, मतदाता हो भने ! यो देशको समग्र भुमिमा टेक्ने अधिकार उसलाइ छ ।
ऊ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ?
जे पनि भन्न मिल्छ ?
ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।
तपाईंहरुलाई भोट दिएर ठाउँमा पठाएको नियम बनाउ र लागू गर भनेर मात्रै पठाएको होइन !!
हरेक लागू गरेका नियमहरुको परिणाम र दुरगामी असर पनि बिचार गर्नु भनेर पठाएको हो ।
यो काठमाडौको मात्रै समस्या होइन भविष्यमा हरेक महानगरको समस्या हुनेछ ।
स्ट्रीट फूड र सामान बेच्ने चलन हरेक मुलुकमा छ ।
मानिसहरुले÷पर्यटकहरुले यस्को आनन्द उठाइरहेको देख्न सक्छौ ।
व्यवस्थापन गर्न तर्फ लाग्ने कि प्रतिबन्ध र बिरोध तर्फ लाग्ने ??
कि मकै पोलेर , चटपटे बनाएर तारे होटलमा बेच्ने ??
त्यो बेचेर पेट भर्ने एउटा जमात छ भने त्यही खाएर पेट भर्ने अर्को जमात पनि त यो सहरमा बस्छ्न होला !!
बाटोमै बेचेको कपडाले तन ढाक्ने जमात पनि त छन होला ?
जो तपाईंको भारी बोक्छ्न् या अन्य काम गर्छन् ।
हामी मध्ये छण्% प्रतिशत भन्दा बढी सपनाहरू बोकेरै यो शहर छिरेका हुन्छौं र राम्रो अवस्थामा छौँ होला !!
हरेक मानिस गुणस्तरीय जिवनको खोजिमा हुन्छ्न।
सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?
के हामी गाउँ छोडेर गरिखान हाम्रो चोकमा नआउ भन्न सक्छौँ ??
हरेक मानिस उत्कृष्ट जीवन बाँच्न चाहन्छ । उसको कोशिसलाई मार्गनिर्देशन गर्नु राज्यको जिम्मेवारी हो ।
हरेक संयन्त्र किन शहरमै केन्द्रित छ ?? किन गाउँ गाउँ पुगेको छैन ?
स्थानीय तहसम्म पुगेको सरकार छ तर किन नागरिकको मनमा शहरको मोह छ ?
स्वच्छ वातावरण भएको, हराभरा प्रकृति भएको, इज्जत भएको आफ्नो गाउँघरमा नबसेर किन उ यो कोचाकोचको जीवन जिउन बाध्य छ ?
गाउँपाखामा सबै सुबिधा उपलब्ध भएको भए त्यहि गाउँको डाक्टर, इन्जिनियर, टिचर, राजनीतिकर्मी सहर बसेर या बिदेशमा बसेर काम गरिरहेको हुँदैन थियो होला !!
आफ्नो क्षमता अनुसार काम गर्यो त के गल्ती गर्यो ?
उसको आत्मसम्मान माथि नै प्रश्न उठने व्यवहार ऊ माथी किन भैइरहेको छ ?
ठिक छ यसरी नै यो समस्याको समाधान दिगो तरिकाले हुन्छ भने भन्नू केही छैन । तर अहिले हेर्दा चाहिँ यो भनेको इज्जत बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तो देखियो ।



प्रतिक्रिया दिनुहोस्