Logo

एसपिपीबारे बाहिर आएको मस्यौदा गम्भीर छ : ओली (भिडिओसहित)



काठमाडौं, २० असार । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अत्ति नै भएर संसद्मा बोल्न उभिएको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलको नेताको हैसियतमा बोल्दै उनले यस्तो बताएका हुन् । एसपिपी आफ्नो पालोमा आएको र आफूहरुले त्यसलाई अस्विकार गरेको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोपमा कुनै सत्यता नभएको पनि ओलीको भनाई छ ।

उनले प्रचण्डको आरोप भ्रमपूर्ण रहेको जिकिर गरे । उनले एसपिपीबारे लिक भएर बाहिर आएको मस्यौदा धेरै गम्भीर रहेको सुनाए । उनले एसपिपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्लाई जानकारी गराउन माग गरे । उनले भने,‘म प्रधानमन्त्रीज्यूलाई यो आग्रह गर्दछु कि यसबारेमा सत्यतथ्य कुरा बाहिर आउनुपर्छ । यो काम सम्माननीय प्रधानमन्त्रीज्यूले गर्नुपर्छ ।’

उनले आफूले बजेटको छलफलको क्रममा नबोलेको स्मरण गराउँदै बजेट त इमान, नैतिकता, अभ्यास, मर्यादा र मूल्य र मान्यतासँग जोडिएको सुनाए । उनले भने,‘जनतालाई मर्का पार्ने कुरामात्रै होईन, यो अनुपयुक्त भयो भन्ने मात्रै होईन, यो बजेट एउटा बहुतै खतरानाक प्रक्रियाबाट, निर्माण प्रक्रिया नै बहुतै खतरानाक, मूल्य र मान्यता तोडेर आयो । सदनमा यो कुरा उठेको छ । विज्ञले भनेको छ । तर, को हो एमाले ? कसले माग्ने फुटेज ? फुटेज माग्दैमा दिईँदैन् । मैले गरेको हुँ । गरिन्छ भनेर खुल्लमखुल्ला भनियो । आई एम द स्टेट भनियो ।’



प्रतिक्रिया दिनुहोस्