Logo

विनोद शाही हत्या प्रकरण : मंगलसेनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार



काठमाडौं, २० असार । अछामको सदरमुकाम मंगलसेन यतिबेला तनाब ग्रस्त भएको छ । पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्यारालाई बचाउन खोजिएको भन्दै स्थानीय वासिन्दाहरु आन्दोलित भएका हुन् ।

शाहीको हत्यारालाई सरकारी वकिलको कार्यालयले बचाउन भुमिका खेलेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् ।
स्था

नीयले नाराबाजीसहित सरकारी वकिल कार्यालय र अदालत घेर्न खोज्दा अछामको मंगलसेनमा तनाव उत्पन्न भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको जनाइएको छ । आफन्तले अभियुक्तलाई अदालतमा पेश गर्ने समयमा घेराउ गर्न खोजेपछि बल प्रयोग गरेको प्रहरीले जनाएको छ । त्यसक्रममा केही त घाइते समेत भएका छन् ।

मृत अवस्थामा भेटिएका स्थानीय बलबहादुर शाहीको छोरा शाहीको हत्यामा सम्लग्न भएको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका मेयरसहित ७ जना पक्राउ परेका छन् ।

मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएपनि ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । नेत्र शाही पनि पक्राउ परेका छन् ।

विनोदका परिवारले पञ्चदेवल विनायक नगरपालिकाको मेयर चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पुर्ववडाध्यक्ष सज्जनबहादुर शाही लगायत १३ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।

बेपत्ता भएको ५ दिनपछि पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको जंगलमा १६ वर्षीय शाही मृत अवस्थामा भेटिएका थिए ।

मृतक विनोदको मोवाइल बाटोमा भेटिएको थियो भने उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । कक्षा १० मा अध्ययनरत शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए । नगरप्रमुख चलाउने नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशको सह–महामन्त्री हुन् ।



प्रतिक्रिया दिनुहोस्