Logo

कामना सेवा बैंक र खबर एक्सप्रेसबीच सम्झौता



काठमाडौं, २० असार । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धी सम्झौता गरेको छ ।
कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच गत शुक्रबार एक कार्यक्रममा सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका थिए ।

यो सम्झौता पछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास बैंकले लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्