Logo

माओवादी केन्द्रको बैठक : संघीय संसद्को चुनावमा कांग्रेससँग ५०–५० को भागबण्डा गर्नुपर्ने प्रस्ताव



काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक जारी छ। हिजोबाट सुरु भएको बैठकमा अहिले केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । नेताहरुले पार्टीको भविष्यबारे पनि चिन्ता व्यक्त गरेका छन् । नेता रामकुमार शर्माले आगामी संसद्को निर्वाचनको लागि कसरी जाने भन्नेबारे पार्टी अहिले नै स्पष्ट हुनुपर्ने धारणा राखेका छन् ।

उनले संसदको निर्वाचनमा जाँदा कांग्रेस र माओवादीबीच ५०/५० को अनुपातमा सिट तालमेल गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेसले घमण्ड गरेको भन्ने अध्यक्ष पुष्पकमल दाहालको दस्तावेज अनुसार नै अधिकांश नेताहरुले कांग्रेससँग सम्मानजनक सिट बाँडफाँड नभए तालमेल नगर्न सुझाव दिएका छन् ।

युवा नेता सुदन किराँतीले त पहिले घर बलियो बनाउनुपर्नेमा जोड दिए । उनले घर बलियो नबनाएसम्म देश कसरी बनाउन सकिन्छ ? भन्दै प्रश्न उठाएका थिए । उनले घर बनाउनेलाई पार्टीको पदाधिकारी चयनसँग जोडेर आफ्नो धारणा राखेका थिए । उनले तत्काल पदाधिकारी चयन गर्नुपर्ने माग गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्