Logo

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने ह्वात्तै बढ्यो



२० असार, काठमाडौं । शेयर बजारमा आज झिनो अंकको गिरावट आएको छ । सोमबार दिनभर बढेको सेयर बजार अन्तिममा भने ओरालो लागेको हो । नेप्से परिसुचक ९.७५ अंकले घटेर सोमबार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ ।

आइतबार नेप्से ५७.६१ अंकले बढेर २ हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको थियो ।

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने बढेको छ । साताको कारोबारको दोस्रो दिन नेप्सेमा ४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार १ दुई ४८ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot