Logo

रामेछाप बस दुर्घटनामा कम्तिमा १० जनाको मृत्यु



काठमाडौं, असार २१ । रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा।३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा १० जनाको घटनास्थलमा मृत्यु भएको रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गिता गुरुङका रिपोर्टर्स नेपाललाई बताइन् । आफूअहिले घटनास्थलतर्फ जाँदै गरेको र मृतकको संख्या थपिन सक्ने उनले बताइन् । तिब्रगतिका कारण बस दुर्घटनामा परेको आशंका गरिएको छ ।

२७ जना यात्रु सवार बस सडकबाट झन्डै तीन सय मिटर तल खोल्सामा खसेको छ । सक्त घाइते सात जनालाई उपचारका लागी धुलिखेल ल्याइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot