Logo

अमेरिकाको स्वतन्त्रता दिवसमा अन्धाधुन्ध गोली चल्यो



एजेन्सी, २१ असार । अमेरिकाको स्वतन्त्रता दिवसमा शिकागोमा भएको परेडमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका छन् । राति अबेरसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३१ जना घाइते भएका छन् ।

घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। लेक काउन्टी शेरिफको कार्यालयले यो जानकारी दिएको छ ।

गोलीबारी भएको १० मिनेटपछि परेड रोकिएको थियो । परेड हेर्न सयौंको संख्यामा मानिसहरु जम्मा भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot