Logo

सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु, देउवा गएनन्



काठमाडौं, २१ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकको सभापतित्व भने उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा व्यस्त भएकोले आजको बैठकको सभापतित्व खड्काले गरेका हुन् ।

पार्टीको अब बस्ने केन्द्रीय कार्यसमिति बैठकको एजेण्डाबारे छलफल गर्नको लागि पदाधिकारी बैठक बसेको हो । बैठकस्थलमा महामन्त्री गगनकुमार थापा भने प्रवेश गरेका छैनन् । उनी पार्टी कार्यालयस्थित् आफ्नो कार्यकक्षमा नेता तथा कार्यकर्ताहरुसँग भेटवार्तामा व्यस्त छन् । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्