२४ घण्टामा ९० जना कोरोना संक्रमित थपिए, २० निको भए


काठमाडौं, २१ असार । पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

जम्मा ३११२ नमूना परीक्षण गरिएकोमा ९० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै निको हुनेको संख्या भने २० रहेको छ । अहिले देशभरि सक्रिय संक्रमित भने ४०१ जना रहेका छन् ।