काठमाडौं, २२ असार । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवादबारे तत्काल छानबिन गर्नुपर्ने बताएका छन् ।
आज बिहानै फेसबुकमा लेख्दै बजेट निर्माणका विषयमा आलोचित भइरहेका अर्थमन्त्री शर्माबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताएका हुन् ।
शर्माको विवादबारे विश्वासिलो तरिकाले समाधान गर्न समिति बनाउनुपर्ने खड्काको भनाइ छ । विगतमा पनि संसदको यस्तो परम्परा छ भन्दै खड्काले ढिलो नगरी तत्काल टुंगो लगाउनुपर्नेमा समेत जोड दिएका छन् ।




प्रतिक्रिया