Logo

संसदमा अर्थमन्त्री शर्माले आफ्नो भनाई राख्दै



काठमाडौं, २२ असार । आज बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आफ्नो कुरा राख्ने भएका छन् । संसद बैठक आज ११ बजे बस्दैछ ।

माओवादी केन्द्रको प्रचण्ड निवास खुमलटारमा भएको छलफलपछि शर्माले आज बैठकमा कुरा राख्ने भएका हुन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउने क्रममा अर्थमन्त्री शर्मा विवादीत बनेका छन् । उनको चौतर्फी आलोचना भइरहेको छ ।

बजेट घोषणाको अघिल्लो दिन अर्थ मन्त्रालयको सिसिटिभी फुटेज माग्दा डिलिट भइसकेकोे जवाफ दिएपछि अर्थमन्त्रीको राजीनामा र उनीमाथि छानबिन हुनुपर्ने माग उठिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्