Logo

ह्वात्तै घट्यो सुन-चाँदीको भाउ



काठमाडौं, असार २२ । आज सुन-चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तैगरी, आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रतितोला ९७ हजार छ सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ घटेको हो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot