Logo

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न कांग्रेस उपसभापति गुरुङको माग



काठमाडौं, २२ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उपसभापति गुरुङले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत ३ प्रक्रियाबारे बताएका हुन् ।

उनले लेखेका छन्, ‘गैर संबैधानिक कार्य गर्नेहरुका लागि सिसि क्यामरा मार्फत निगरानी गरिन्छ।
सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिए पछि सिसि फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ।
विवाद समाधानका लागि
१.  छानवीन समिति गठन
२.  छानबिन समितिलाई सहयोगका लागि राजिनामा
३.  बर्खास्त

आजै मात्र अर्का उपसभापति पुर्णबहादुर खड्काले अर्थमन्त्रीको विवादबारे छानबिन गर्न संसदीय समितिको माग गरेका थिए । त्यसैगरी, कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot