Logo

यसरी भयो पुर्व मिस नेपाल सदीक्षा र राहुलको विवाह



काठमाडौं, २२ असार । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी छिन् । २०१० की मिस नेपाल श्रेष्ठले मंगलबार साँझ मोक्तानसँग विवाह गरेकी हुन् ।

बिहे अघि नै उनीहरुले गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन पार्टी आयोजना गरेका थिए । उनीहरुले नेवारी परम्पराअनुसार विवाह गरेका हुन् ।

बेलुका दुलाहा पक्षले जन्ती लिएर सदीक्षालाई लिन आएका थिए । पार्टीमा साथीभाई, आफन्त, सहकर्मी सबैलाई निम्तो दिइएको थियो । तर, बिहेमा भने आफन्त र निकट व्यक्तिलाई मात्र बोलाइने हो । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot