Logo

भारतीय र पाकिस्तानी मूलका दुई बेलायती नेताको गठबन्धनले प्रधानमन्त्री जोन्सनको पद धरापमा



एजेन्सी, २२ असार । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन राजनीतिक जीवनकै कठिन चुनौतीको सामना गरिरहेका छन् । उनको क्याबिनेटका दुई मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री पद नै धरापमा परेको छ ।

रोचक यो छ कि जोन्सनलाई चुनौती दिने दुई मन्त्री भारतीय र पाकिस्तानी मूलका हुन् । अर्थमन्त्रीबाट राजीनामा दिएका ऋषि सुनक भारतीय मूलका हुन् । उनी बैंकिङ क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका हुन् । सुनकले इन्फोसिसको संस्थापक एन आर नारायण मुर्ती र लेखक सुधा मुर्तीकी छोरी अक्षता मुर्तीसँग विवाह गरेका छन् ।

सुनकको ठाउँमा इरार्की कुर्दिस क्षेत्रबाट ११ वर्ष हुँदा बेलायत पुगेका नदिम जहावी मन्त्री बनाइएका छन् । उनी व्यवसायी थिए ।

पाकिस्तानी मूलका सजिद जाविदले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका छन् । उनले जोन्सनको कडा आलोचना गर्दै राजीनामा गरेका हुन् । उनको ठाउँमा स्टेभ बार्कले मन्त्री बनाइएका छन् ।

बेलायती प्रधानमन्त्री जोन्सनलाई चुनौती दिएर कुर्सी नै हल्लाइदिने गरी भारतीय र पाकिस्तानी मूलका दुई निवर्तमान मन्त्रीबीच एकता देखिएको छ । दुवैले जोन्सनको सरकार भ्रष्ट भएको भन्दै आलोचना गरेका छन् । विपक्षीले पनि जोन्सनलाई चुनौती दिएका छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot