Logo

माओवादी केन्द्रको आजको बैठक स्थगित



काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक सरेको छ ।

माओवादीको केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

तर, संसद बैठक बस्ने भएकाले बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot