Logo

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन (नामावलीसहित)



काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आर्थिक वर्ष २०७८/७९को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सम्लग्न गराएको भन्दै छानबिनको माग बमोजिम ११ सदस्यीय समिति गठन गर्ने सहमति जुटेको हो ।

छानबिन समितिमा नेकपा (एमाले) बाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विक छन् । यस्तै, नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो रहेका छन् । त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट देव गुरुङ र शक्ति बस्नेत सदस्य छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) बाट सरला यादव र जनता समाजवादी पार्टीबाट डा. सुरेन्द्र यादव सदस्य छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका लक्ष्मणलाल कर्ण सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot