Logo

४० भन्दाबढी मन्त्री र सहयोगीले राजीनामा दिँदा प्रधानमन्त्री जोनसन अझै पदमै टाँसिने दाउमा



लन्डन, २३ असार । मन्त्रिपरिषद्का धेरै सदस्यहरूले राजीनामा दिए पनि बेलायती प्रधानमन्त्री बोरिस जोनसन पदमा ‘टाँसिरहने’ दाउमा छन् ।

राष्ट्रिय हितविपरित काम गरेको भन्दै पार्टीकै नेता र सांसदहरूले राजीनमा दिन बोरिसमाथि दबाब दिएका छन् । प्रिती पटेल र ग्रान्ट साप्ससहित प्रधानमन्त्रीका अधिकांश समर्थकले पनि उनलाई राजीनामा दिन सुझाएका छन् । त्यस्तै, प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाइ राजीनामा दिने लहर जारी छ ।

अहिलेसम्म वेल्स सेक्रेटरी साइमन हार्ट राजीनामा गर्ने सबैभन्दा पछिल्ला क्याबिनेट मन्त्री हुन् । त्यस्तै, महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले ‘लिडरसिप च्यालेन्ज’ सुरु गरेका छन् । तर, प्रधानमन्त्री जोनसनले मतदाताको ‘म्यान्डेट’ भन्दै तत्काल राजीनामा नदिने संकेत गरेका छन् । बरु, आफ्ना विरोधी र राजीनामा माग्नेलाई प्रधानमन्त्री र उनका केही सहयोगीले आलोचना गरेका छन् ।

राजीनामा मागेको झोंकमा बर्खास्तगीमा परेका माइकल गोभलाई प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट स्रोतले ‘सर्प’ भन्दै उनको कटु आलोचना गरेको छ । बेक्जिट अभियानका पूर्वसहयोगी गोभले बुधबार दिउँसो प्रधानमन्त्रीलाई राजीनमा दिन सुझाव दिएका थिए । उनको बर्खास्त ४० भन्दा बढी मन्त्री र सहयोगीको राजीनामापछि बुधबार साँझ आएको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot